बुधबार रियाल, रिंगिट, दिर्हामको मूल्य बढ्यो !अरुको कस्तो छ ‘हेर्नुस’


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १८ पैसा र बिक्रिदर २९ रुपैयाँ ३४ रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रिदर ३० रुपैयाँ २० पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रिदर २९ रुपैयाँ ९६ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०७ पैसा र बिक्रिदर २७ रुपैयाँ २२ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रिदर ९ रुपैयाँ ८७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ ४५ पैसा छ भन बिक्रिदर ३ सय ६३ रुपैयाँ ४३ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८७ रुपैयाँ ९७ पैसा र बिक्रिदर २ सय ८९ रुपैयाँ ५५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया