बाराको जितपुरमा लक्ष्मी बैंकको ८६औँ शाखा संचालनमा


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा बुधबार बाराको जितपुरमा आफ्नो नयाँशाखा संचालनमा ल्याएकोे छ ।

यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै सानातथा लघु व्यवसायीहरु तथा विशेष गरी कृषि व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । बारा जिल्लामा यो बैकंको दोस्रो शाखा हो ।

यस नयाँ शाखाको साथलक्ष्मी बैंकको संजाल ४३ जिल्लामा ८६ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०४ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँतथावित्तीयपहुँचनपुगेका क्षेत्रहरुमाबजारहरुमाआक्रामक रुपमा सेवाविस्तार गदैृ आएको छ ।

यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

सन् २०१२ देखि सञ्चालनमा आएको बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ५९ शाखाहरु मार्फत विभिन्न जिल्लाहरुमा हाल कूल रु २.६ अरब भन्दा माथिको लघुकर्जा सुविधा प्रदान गरेको छ ।

साथै बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सन् २००९ देखि नेपाल धितोपत्र बोर्डबाट इजाजत लिई विभिन्न मर्चेन्ट बैंकिंग सेवाहरु सञ्चालन गर्नुका साथै बैंकको प्रवद्र्धनमा लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्वििटि फण्ड नाम कम्युचुअल फण्ड योजनाहरु सञ्चालनमा ल्याएको छ ।

आ.व. २०७३÷७४मा रु. ५९.३२ अरब निक्षेप र रु. ५२.७३ अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु.७०.९० अरब रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुदमुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशतले बढी हो । यसका साथ साथै संम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साह जनक रुपमा रहेका छन् ।

तपाईको प्रतिक्रिया