मौद्रिक नीतिबारे छलफल, बिहीबार सार्वजनिक हुदै


Share This


नेपालबहस संवाददाता    52 Views

काठमाडौं । मौद्रिक नीतिको मस्यौदा बल्ल नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा पुगेको छ । आइतबार बिहान बसेको बैठकमा राष्ट्र बैंक सञ्चालक समितिको मौद्रिक नीति बारे छलफल भएको हो ।

बिहान बसेको बोर्ड बैठकमा मौद्रिक नीतिबारे छलफल भए पनि पारित नगरेको राष्ट्र बैंकका सहप्रवक्ता गोविन्द नागिलाले बताए । बिहान छलफल भए पनि पारित हुन नसके पछि अर्को बोर्ड बैठकमा पुनः छलफल हुने सह प्रवक्ता नागिलाले बताए ।

छलफल हुन बाँकी रहेका विषय आगामी बैठकले टुंगो लगाउने सहमति भएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंक श्रोतका अनुसार आगामी बोर्ड बैठक सोमबार बिहान बस्ने भएको छ ।

सम्भवत राष्ट्र बैंक बोर्डले मौद्रिक नीति भोली सम्ममा पारित गर्नेछ । भोली नै बोर्डले पारित गरे पनि आगामी बिहीबारमात्रै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको राष्ट्र बैंकले गरेको छ ।

तपाईको प्रतिक्रिया