एनआईसी एसियाको सुरुंगामा नयाँ शाखा विस्तार


Share This


नेपालबहस संवाददाता    79 Views

 

 

बिर्तामोड । एनआईसी एसिया बैंकले झापाको कनकाई नगरपालिकास्थित सुरुंगामा नयाँ शाखा विस्तार भएको छ । २ सय १० औं शाखाको रुपमा झापाको व्यस्त बजारमध्ये एक सुरुंगामा बैंकले शाखा विस्तार गरेको शाखा प्रबन्धक सागर दाहालले बताए।

सो शाखाको आइतबार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेलले उद्घाटन गरेका छन्। यो शाखासहित मुलुकभर बैंकका २२५ शाखा कार्यालय संचालनमा आएका छन्।

२१४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १० वटा अञ्चल शाखासहित बैंकिङ्ग इकाइमार्फत सेवा प्रदान गर्दै आएको एनआईसी एसिया निजि बैंकमध्ये सबैभन्दा ठूलो सञ्जाल भएको बैंक भएको अञ्चल कार्यालय मेचीका उपप्रमुख रविन बारियाले बताए।

उनका अनुसार मेचीमा मात्रै १६ वटा शाखा सञ्चालनमा रहेका छन् भने झापामा मात्रै १४ वटा शाखा सञ्चालनमा रहेको र केही दिनमानै दमक र बिर्ताबजारमा पनि शाखा विस्तार गरिनेछन्।अब झापामा एनआईसीका १६ वटा शाखा सञ्चालन हुनेछन्।

हाल बैंकको १ खर्ब ५० अर्ब पूँजी र १ खर्ब ३० अर्ब लगानी रहेको समेत बताए। बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको एनआईसीले जनाएको छ। हाल सो बैकले नेपालमा कारोबार गरेको २० वर्ष पुगेको छ।

तपाईको प्रतिक्रिया