प्रुडेन्सीयल इन्स्युरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौता


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । निक्षेपकर्ता तथाकर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवाप्रणाली मार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स (Bancassurance ) सम्बन्धी सम्झौता गर्ने क्रममा आज जनता बैंक नेपाल लिमिटेड र प्रुडेन्सीयल इन्स्युरेन्स कम्पनी लिमिटेडबिच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।

जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र प्रसडेन्सीयल इन्स्युरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बि.के. महर्जनल ेबैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै ११९ शाखाहरुबाट छिटो,छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।

जनता बैंकले हाल देश भरी ११९ शाखा, ४० शाखा रहित बैंकिङ्ग इकाई, २ सिमित्त बैंकिङ्ग इकाई, २ एक्स्टेन्सन काउन्टर र ६९ एटिएमबाट बैंकिङ्ग सेवाप्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया