fbpx

एनएमबि बैंकको ११० औं शाखा तिलाठीमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । एनएमबि बैंकले सप्तरीको तिलाठी गाउँपालिकामा ११० आंै नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्रै बैंकले देशका बिभिन्न स्थानिय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको स्थानहरुमा बैंकले तोकेको सम्पूर्ण नयाँ शाखाहरु खोलेको हो ।

यो शाखाको शुरुवात सँगै बैंकको कुल ११० शाखा ४ एक्टेन्सन काउन्टर ९६ एटिएम पुगेको छ । बैंकको भगिनी संस्था एनएमबि माइक्रो फाईनान्स्को ७५ शाखा संजाल समेत गरेर देशको सबै क्षेत्रमा सन्तुलित बैकिङ्ग पँहुच पुगेको छ, भने यसले स्थानीयहरुको वित्तिय सहभागिता भई जीवन स्तर समेतमा साकारात्मक प्रभाब पर्ने र सरल बैकिङ्गको सबै वर्ग समुदायको पँहुच पुग्नेमा बैंक विश्वस्त रहेको बैंकबाट जारी पे्रस विगप्तीमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया