fbpx

आजदेखि जीवन बीमा र निर्जीवन बीमाको उप–सूचकलाई अलग


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल स्टक एकसचेन्जले नयाँ आर्थिक वर्षको सूरुको दिन आजदेखि जीवन बीमा र निर्जीवन बीमाको उप–सूचकलाई अलग गरेको छ।

मंगलबार सेयर बजारमा कारोबार सुरु भएदेखि दुई समूहलाई अलग गरेको स्टक एक्सचेञ्चले जनाएको छ। नेपाल धितोपत्र बोर्डबाट सूचिकृत संगठित संस्थाहरुको काम कारबाहीलाई नियमित एवं व्यवस्थित गरी सेयरधनी लगायत सरोकारवालालाई उत्तरदायी बनाउन उद्देश्यले ६ महिना अघि निर्देशिका जारी गरेको थियो।

२०७४ माघ २५ सम्म सूचिकृत संगठित संस्थाको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ आर्थिक वर्ष २०७५/२०७६ को पहिलो दिन आजदेखि कार्यान्वयनमा आएको हो।

स्टक एक्सचेञ्जअनुसार जीवन र निर्जिवन दुवै समूहको सूचक ६ हजार १ सय ९९ दशमलब ४५ रहेको थियो। कारोबार हुन थालेपछि जीवन बीमा समूहको सूचक बढेको थियो। तर अहिले जीवन र निर्जिवन बीमा दुवै समूहको सूचक ओरालो लागेको छ।

यसैबीच नेपाल धितोपत्र बोर्डले आजदेखि सूचीकृत संगठित संस्थागत सुशासन निर्देशिका २०७४ कार्यान्वयन गरेको छ। बोर्डले पूँजी बजारलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन निर्देशिका ल्याएको जनाएको छ।

तपाईको प्रतिक्रिया