fbpx

नेपाल क्रेडिट बैंक र गुराँश लाईफ इन्स्योरेन्सबीच सम्झौता


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि। र गुराँश लाईफ इन्स्योरेन्स क। लि। बीच बैंकास्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट गुराँश लाईफ इन्स्योरेन्सको पोलिसी बिक्री हुनेछ ।

सम्झौतामा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र गुराँश लाईफ इन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईबीच संयुक्त रुपमा हस्ताक्षर भएको छ ।

तपाईको प्रतिक्रिया