fbpx

पहिलो पटक थुलुङदूधकोशीमा लक्ष्मी बैंकको शाखा विस्तार


Share This

नेपालबहस संवाददाता    

सल्लेरी, सोलुखुम्बु । पहिलो पटक सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकामा लक्ष्मी विकास बैंकको शाखा विस्तार भएको छ । उक्त गाउँपालिकामा मंगलबारबाट लक्ष्मी विकास बैंकले सेवा शुरु गरेको हो । नेपाल राष्ट्र बैंकले दिएको सहमतिअनुसार हिजोदेखि औपचारिकरुपमा सेवा शुरु गरेको शाखा प्रबन्धक प्रयास अधिकारीले जानकारी दिए ।

साविक सात वटा गाविसलाई समेटेर बनाइएको उक्त गाउँपालिकामा हालसम्म कुनै पनि बैंक सञ्चालनमा नआउँदा यहाँका स्थानीय आर्थिक कारोबारका लागि एक दिनसम्मको यात्रा गरेर सदरमुकाम धाउन बाध्य थिए ।

गाउँपालिकामा बैंकको शाखा स्थापना भएपछि स्थानीयवासी हर्षित भएका छन् । स्थानीय हर्कराज राईले सामान्य योजना सञ्चालनको लागि सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटेको भन्दै खुशी व्यक्त गर्दै सिंहदरबारको अधिकार गाउँगाउँमा आएको बताए ।

सोलुखुम्बुको स्थानीय तहमा नयाँ बैंकको शाखा स्थापना हुने गाउँपालिकामध्ये थुलुङदूधकोशी पहिलो गाउँपालिका बनेको छ । सेवा सुचारु गरेको पहिलो दिन मंगलबार तीन दर्जनले खाता खोलेको बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया