काठमाडौ । प्राइम कमर्शियल बैंकले पोखराको ओम डेभलपमेन्ट बैंक एक्वायर गरेको छ । दुई बैंकका उच्च अधिकारीहरु अन्तिम छलफल पछि एक्वायर गरेको हो ।
स्वाप रेशियो लगायतका बिषयमा आइतबार सम्झौता भएको छ । हाल प्राइमको चुक्ता पूँजी ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ छ । ओमको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ छ । यी दुई एक भएपछि बन्ने बैंकको चुक्ता पूँजी साढे नौ अर्ब रुपैयाँ नाघ्नेछ ।
यद्यपी शेयर स्वाप रेशियो भने टुगिसकेको छैन । ओमले ६० देखि ६५ प्रतिशत श्वाप खोजेको छ भने प्राइम बैंक घटाउने कोशिसमा रहेको छ ।
दोस्रो बजारमा आइतबार दुवै बैंकको शेयर मूल्य घटेको थियो । प्राइमको प्रतिकित्ता २९९ रुपैयाँ तथा ओमको प्रतिकित्ता १९४ रुपैयाँ हाराहारीमा कारोबार भईरहेको छ ।
प्राइम कमर्शियल बैंक र पोखराको ओम डेभलपमेन्ट बैंकबिचको सम्झौता विस्तृत विवरण