भार्गव विकास बैङकद्धारा छात्रवृत्ति वितरण


Share This

नेपालबहस संवाददाता    

दाङ । भार्गव विकास बैङकले मंगलवार एक कार्यक्रमका बिच आदर्श नमुना मावि लालमटियामा अध्ययनरत ५ जना छात्र छात्रालाई छात्रवृत्ति वितरण गरेको छ ।

बैङकको १२ औँ वार्षिक उत्सव कार्यक्रमका अवसरमा बैङकले विद्यालयमा अध्ययनरत जेहेन्दार,अपाङ तथा विपन्न ५ जना छात्रछात्रालाई २स्२ हजारका दरले छात्रवृत्ति वितरण गरिएको हो ।

छात्रवृत्ति पाउने विद्यार्थीहरुमा कक्षा ११ का विरेन्द्र गिरी, कक्षा १२ की लक्ष्मी चौधरी, कक्षा १० की आरोही पोख्रेल, कक्षा ९ का छविलाल पुन र कक्षा ८ की अर्चिता चौधरी रहेका छन् ।

भार्गव विकास बैङकद्धारा आदर्श नमुना माविमा छात्रवृत्ति वितरण

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिराम चौधरीको अध्यक्षता एवम् बैङकका म्यानेजर यज्ञबहादुर बोहराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तुलसीपुर शाखा प्रमुख राजिव वली र पत्रकार जमिर शाहा लगायतका वक्ताहरुले बोलेका थिए ।

विद्यालयका साहायक प्रअ दोर्णबहादुर जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए । बैङकले वार्षिक उत्सवका अवसरमा प्रत्येक वर्ष सामाजिक, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा कार्यक्रम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया