क्रेडिट रेटिङको लागि छुट्टै नियम ल्याउने तयारीमा राष्ट्र बैंक



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपालको पहिलो रेटिङ संस्था इक्रा नेपालले राष्ट्र बैंकले तय गरेको मापदण्डमा बसेर क्रेडिट रेटिङ गर्न तयार रहेको जनाएको छ।

आर्थिक वर्ष २०७५/०७६ को मैद्रिक नीतिमा राष्ट्र बैंकले ५० करोड भन्दा माथिको कर्जा प्रवाहा गर्ने ऋणिलाई क्रेडिट रेटिङ गर्न सकिने व्यवस्था गरेपछि इक्राले तयार रहेको जनाएको छ।

इक्रा नेपालले हालसम्म २०२० रेटिङ र ग्रेडिङ दिइसकेको अवस्था ५० करोड भन्दा बढीको कारोबार गर्ने ऋणिलाई क्रेडिट कारोबार गर्न सकिने बताएको छ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले ऋणि रेटिङ अबधारण नेपालका लागि नयाँ भएको बताउदै यस सम्वन्धमा छिट्टै नियम ल्याउने बताए।

इक्रा नेपालले भारतको एक कम्पनीको प्राविधिक सहयोग सम्झौता गरी क्रेडिट रेटिङ तरीका विश्‍लेषण, सफ्टवेयर अनुसन्धान तालिम सिपी वृद्धि सम्वन्धमा तालीम संचालन गरेको जनाएको छ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •