fbpx

एनआई सी एशिया बैंकको नयाँ शाखा विस्तार



नेपालबहस संवाददाता
 




काठमाडौं । एनआई सी एशिया बैंकको थप २ नयाँशाखा कार्यालयहरु विस्तार गरिएको छ । कास्कीको पोखरा महानगरपालिका, वडा नं।८, न्यूरोड पोखरास्थित न्यूरोड पोखरा शाखाको एनआई सी एशिया बैंकको संचालकी राजेन्द्र प्रसाद अर्यालबाट तथा अन्नपूर्ण गाउँपालिका, वडा नं। १, नौडाँडास्थित नौडाँडा शाखाको एनआई सी एशिया बैंकको संचालकी बिनोद कुमार प्याकुरेलबाट सयुक्त रुपमा शाखाको उद्घाटन गरिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २४१ शाखाकार्यालयहरु, २३५ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू। १८३ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू। १५५ अर्ब तथाकर्जा रू। १२७ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।