नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र लक्ष्मी बैंक लि.बीच कार्यक्रम संचालन सम्बन्धी सम्झौता



नेपालबहस संवाददाता
 




काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र लक्ष्मी बैंक लि. बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यहि भदौ १२ गते मंगलबार भएको सम्झौताअनुसार एन.बी.आईले लक्ष्मी बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौता अनुसार लक्ष्मी बैंक लि. ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।

उक्त सम्झौतापत्रमा लक्ष्मी बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।