राष्ट्र बैंकले मुद्दति निक्षेपमा लगानी गर्दै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३६६ दिनका लागि १ अर्ब ५४ करोड १५ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप लिन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर खुलाई भदौ १९ गते दिउँसो ३ बजेभित्र शिलबन्दी बोलपत्र पेश गर्न भनेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा १ अर्ब २३ करोड ३३ लाख, राष्ट्रियस्तरका विकास बैंकमा २३ करोड ११ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीमा ७ करोड ७१ लाख रुपैयाँ मुद्दति निक्षेप गर्ने जनाएको छ ।

राष्ट्र बैंकले २०७५ असाज १ देखि २०७६ भदौ ३१ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले विभिन्न शर्तसमेत तोकेको छ ।

जसमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष पुरा गरेको हुनुपर्ने, तोकिएको न्यूनतम पुँजीकोष हुनुपर्ने, निष्कृय कर्जा कुल कर्जा सापटको ५५ भन्दा कम हुनुपर्ने शर्त रहेको छ ।

यस्तै, खुद तरल सम्पती स्वदेशी निक्षेपको कम्तिमा २०५ वा सो भन्दा बढी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सिमाभन्दा बढी नभएको, कारबाहीमा नपरेको, परेको भएपनि कारबाही फुकुवा भएको ६ महिना पुरा भएको र समस्याग्रस्त भएको भए फुकुवा भएको ६ महिना पूरा गरेको हुनुपर्ने शर्त तोकेको छ ।

तपाईको प्रतिक्रिया