आइएमई जनरल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबिच बीमा सेवा सम्झौता


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिका धादिङ बिच सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नीलकण्ठ नगरापालीकाका प्रमुख प्रशासकीय अधिकृत जगन्ननाथ पन्तले हस्ताक्षर गरेका छन् ।

उक्त संझौता पश्चात नीलकण्ठ नगरापालिकामा रहेका सम्पूर्ण कृषक दाजु भाई तथा दिदी बहिनीहरुले आफनो पशु पन्छी तथा बालिनालीको बीमा ढुक्कसंग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरापालीकाले आफना नगरबासीहरुको पशुधन, कृषि तथा नगराबासीहरको दुघटना बीमा गराई नेपालमा एक नमूना नगरापालिकाको रुपमा आफूलाई स्थापित गरेको छ ।

सोही अवसरमा नगरपालिकाका मेयर भिम प्रसाद ढूंगानाले आफूले आफना नगरवासी कृषक दाजुभाई तथा दिदी बहिनीहरुको पशु, पन्छी, बालीनालीको बीमा पश्चात कुनै कृषक दाजुभाई तथा दिदी बहिनीको पशुधनको मृत्यु भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्स लि.संग संझौता गरी व्यवस्था मिलाएको बताएका छन् ।

साथै उनले कृषकहरुले अफनो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशु, पन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन पढाउन अनुरोध गर्नुभयो साथै यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरावासीहरुलाई सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नगरपालीकाले आफना नगरबासी लगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसंग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया