fbpx

आइएमई लाइफ इन्स्योरेन्सको सिईओमा भट्ट नियुक्त


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । भट्टले आफ्नो बैंकिङ्ग करियर नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाट १९९८ मा सुरुवात गरी २०११ सम्म आईपुग्दा सहायक महाप्रबन्धक पदमा रही काम गरेको कार्य अनुभव रहेको छ ।

त्यसपछि भट्टले मेघा बैंक लिमिटेडमा करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका थिए । पछिल्लो समयमा भट्ट बिभिन्न बैंक तथा बित्तीय संस्था लगायत इन्स्योरेन्स कम्पनी हरुमा आबद्ध रही आएका छन् ।

भट्टसँग रेमिट टु नेपाल प्रा.लि.को प्रमुख कार्यकारी अधिकृत पदमा रहेर काम गरेको अनुभब समेत रहेको छ । कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ ग्रहण गर्दै भट्टले आफुसँग रहेको कार्य अनुभबको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट स्थान हासिल गर्न आफु सदैब प्रयासरत रहने प्रतिबद्धता जाहेर गरेका छन् ।

साथै कम्पनीलाई हालको स्थितिसम्म पु¥याउन सहयोग गर्ने नियमनकारी निकायहरु बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयर धनीहरु, शुभ चिन्तक लगायत कम्पानीको विभिन्न पदमा रही कार्य गर्ने कर्मचारीहरुलाई धन्यबाद दिँदै आगामी दिनहरुमा समेत सहयोग गरि दिन अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार