डोटीका ३ हजार ६ सय परिवारलाई सिटिजन्स बैंकको ५ करोड उपहार


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डोटी जिल्लाका ३ हजार ६ सय ३३ परिवारलाई ५ करोड १७ लाख रुपैयाँ नगद बाडेको छ ।

विश्व खाद्य कार्यक्रम र गुड नेबर इन्टरनेशनलको सहकार्यमा  बैंकले स्थानीय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरेको हो ।

बैंकले जिल्लाका विभिन्न ७ वटा गाविसका ३ हजार ६ सय ३३ परिवारलाई कूल नगद ५ करोड १७ लाख ७६ हजार ८ सय ३५ रुपैयाँ वितरण गरेको हो ।

बैंकले पोखरी, सानागाँउ, लादागाडा, गाँजरी, गहिरागाँउ, खिरसेन र काडामाण्डु गाविसमा सो मात्राको रकम वितरण गरेको हो ।

बैंकले गरेको यस्तो कार्यलाई स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार