पहिलो पटक रुकुममा प्रभु बैंकको एटिएम सेवा



नेपालबहस संवाददाता
 




रुकुम पूर्व । जिल्लामै पहिलो पटक एटिएम सेवा सञ्चालनमा ल्याइएको छ । प्रभु बैंकको शाखाले रुकुमकोटमा एटिएम सेवा सञ्चालनमा ल्याएको हो । एटिएम सेवा सञ्चालनमा आएसँगै स्थानीय नागरिक खुशी भएका छन् ।

आवश्यक परेको खण्डमा जतिखेर पनी एटिएममार्फत पैसा निकाल्न सकिने भएकाले कारोवारमा सहज हुने स्थानीयवासी सुस्मिता कार्कीले बताए ।

बैंकले एटिएम सेवा सञ्चालनमा नल्याउँदासम्म कार्यालय समयमा मात्र सेवाग्राहीलाई सेवा दिने गरेकामा अब भने सेवाग्रहीलाई आवश्यक परेको खण्डमा शनिबारलगायत अन्य जुनसुकै समयमा पनी सेवासुविधा दिने शाखा प्रबन्धक भानु गौतमले बताए ।

यहाँका नागरिकको समस्या, आवश्यकता र मागलाई ध्यानमा राखी एटिएम सेवा सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । विसं २०७३ मङ्सिर १७ गतेबाट रुकुमकोटमा आफ्नो सेवा सञ्चालन गरेको बैंकको शाखाले दुई वर्षपछि एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।


सम्बन्धित समाचार