शाखा विस्तारको क्रमलाई निरन्तरता, रुपनीबाट कारोवार सुरु


Share This


नेपालबहस संवाददाता    

सप्तरी । शाखा विस्तारको क्रमलाई निरन्तरता दिदै जनता बैंक नेपाल लिमिटेडको आइतबार देखि रुपनी शाखाबाट कारोवार शुरु भएको छ ।

सप्तरी जिल्ला रुपनी गाउँपालिका वडा नं. १ मा रहेको यस शाखा नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा स्थापना गर्ने नीति अनुसार खोलिएको हो ।

जिल्लाको ग्रामिण क्षेत्रका साविकका ६ गा.वि.स. समेटिएर बनेको रुपनी गाउँपालिकाको समेत कारोवार गर्ने यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएको छ । साथै यस क्षेत्रका उद्यमी व्यवसायी तथा सर्वसाधारणहरुले यस शाखा बाट आधुनिक बैंकिङ सुबिधा लिई जिबनस्तर सहज बनाउन सक्ने बैंकले अपेक्षा लिएको छ ।

यस सँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल ११० पुगेको छ, भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया