सूर्या लाइफको हकप्रद भर्ने आज अन्तिम, नेपाल इन्स्योरेन्सको लिलामी खुल्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बिक्रीमा ल्याएको करिब २९ लाख कित्ता हकप्रद शेयरका लागि आवेदन गर्ने आज अन्तिम दिन परेको छ ।

त्यस्तै नेपाल इन्स्योरेन्सले लिलामीमा राखेको एक लाख ६१ हजार कित्ता शेयरको आवेदन पनि आजै बाट खुलेको छ । सूर्या लाइफले १०ः४ अनुपातमा एक सय रुपैयाँ अंकित मूल्यका २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरका लागि असार ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । शेयरधनीले विक्री प्रबन्धकका साथमा सूर्या लाइफको सम्पूर्ण शाखा कार्यालय र आस्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब एक करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल इन्स्योरेन्सको लिलामी खुल्यो

नेपाल इन्स्योरेन्सले लिलामीमा राखेको १ लाख ६१ हजार १२४ कित्ता शेयरमा असार ३ गतेदेखि आवेदन खुलेको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको संस्थापक र सर्वसाधारण समूहको शेयर लिलामीमा ल्याएको हो।

कम्पनीले संस्थापकतर्फ २ हजार १७७ र सर्वसाधारण समूहको १ लाख ५८ हजार ९४६ कित्ता हकप्रद लिलामीमा राखेको छ । कम्पनीको बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडलका अनुसार लिलामी शेयरमा असार ३ देखि १० गते सम्म शिलवन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

लगानीकर्ताले क्यापिटलका राजधानीका लाजिम्पाट, लालदरबार, लगनखेल शाखाहरु, चिप्लेढुंगा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर बीरगञ्ज र गोल्छाचोक विराटनगर तथा नेपाल इन्भेष्टमेन्ट बैंकका सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लीलाम बढाबढमा सहभागी हुन चाहनेहरुले साधारणतर्फको शेयरका लागि कम्तिमा १ सय कित्ता र संस्थापकतर्फ कम्तिमा १ हजार कित्ताको आवेदन दिनुपर्ने छ । कम्पनीले गत बैशाख ५ देखि जेठ ८ गतेसम्म हकप्रद निष्कासन गरेको थियो ।

ग्रीन डेभलपमेण्ट बैंकको संस्थापक सेयर लिलामीमा

यस्तै ग्रीन डेभलपमेण्ट बैंकले पुन लिलामीमा राखेको ३ लाख ३७ हजार ५०० कित्ता संस्थापक सेयरको पनि आवेदन खुलेको छ ।

बैंकले चार सय प्रतिशत हकप्रदमा विक्री नभएको सेयर यसअघि लिलामीमा ल्याएपनि संस्थापकले सबै नकिनेपछि सर्वसाधारणले खरिद गर्न पाउनेगरि लिलामी गर्न लागेको हो ।

लिलामी सेयरमा इच्छुक व्यक्ती तथा संघ संस्थाहरुले बैंकको सेयर बिक्री प्रकन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँबानेश्वर तथा ग्रीन डेभलपमेण्ट बैंकको हरिशंकररोड, बाग्लुङ्ग कार्यालयबाट असार १० गतेसम्म शिलबन्दी बोलपत्रपेश गर्न सक्नेछन् ।
मेरोलगानीबाट साभार

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार