एनआईसी एसिया तथा युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरूले मुलुकभर फैलिएका बैंकको २ सय ३३ वटै शाखाबाट सहज रूपमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरू खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका थिए ।

सहायक प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेका अनुसार बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ३३ शाखा कार्यालय, २ सय २२ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १५ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार १ सय ७५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १ सय ५१ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब १ सय २१ अर्बसहित निजी क्षेत्रका बैंकहरूमध्ये दोस्रो ठूलो बैंकका रूपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार