नेपाल इन्स्योरेन्सको नयाँ भवनबाट सगरमाथा आरोही शेर्पाले किने बीमा पोलिसी



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुशासन ठिक नहुने बीमा कम्पनीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । नेपालको जेठो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले आफ्नो केन्द्रीय कार्यालय सारेको छ । कमलादीमा रहेको पुरानो भवन जीर्ण भएपछि कमलादी स्थित गणेशमन्दिर आडमा रहेको हामा कम्लेक्समा कार्यालय सारिएको कम्पनीका नायब महाप्रबन्धक विक्रान्त पाण्डेले जानकारी दिए ।

नेपाल इन्स्योरेन्सको नयाँ भवनबाट १८ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका साहसी आरोही निमा गोम्बु शेर्पाले बीमा पोलिसी किनेका थिए ।

नयाँ कार्यालय भवनको शुभारम्भ गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित सबै कर्मचारीको तलब, सुविधा र बोनस निर्धारण गर्ने तथा वितरण गर्ने सबै अधिकार सम्बन्धित बीमा कम्पनीलाई नै प्रदान गरिएको बताएका छन् ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ कार्यालय उद्घाटन कार्यक्रमपछि सो कम्पनीका कर्मचारी र सञ्चालकहरुलाई सम्बोधन गर्दै उनले भने ‘तपाईहरुको तलब, सुविधा र बोनस यति हुनुपर्छ भनेर बीमा समितिले भनेको छैन ।

तपाईहरुको मिहेनत अनुसार, तपाईहरुले आफैले निर्धारण गरेअनुसार हुनेछ । तपाईले नै बनाएको आर्थिक विनियमावली बीमा समितिले स्वीकृत गर्छ । विनियमावली अनुसार काम भए नभएको मात्र बीमा समितिले जाँच गर्छ ।’

बीमा समितिले कम्पनीहरुको सुशासनलाई विशेष जोड दिएको उनले बताए । कम्पनी ऐन, बीमा ऐन, बीमा समितिले जारी गरेको निर्देशनहरु र कम्पनी आफैले बनाएको प्रबन्धपत्र, नियमावली अनुसार कम्पनी चलाउन उनले आग्रह गरे ।

‘व्यवसाय सकेसम्म धेरै गर्नुहोस्, बीमा समितिले सहयोग गर्छ । व्यवसाय कम भयो भनेर बीमा समितिले कारवाही गर्दैन । तर कम्प्लायन्स पाटो ठिक छैन भने बीमा समितिले छोड्दैन’ उनले चेतावनी दिए ।

नेपाल इन्स्योरेन्सले पुरानो भवन भत्काएर नयाँ भवन बनाउने क्रममा केन्द्रीय कार्यालय स्थान्तरण गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले जानकारी दिए । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले व्यवसाय थालेको ७२ वर्ष भएको छ । कम्पनीले ३३ शाखा र २४ वटा बीमा सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार