जेष्ठ नेपाल इन्स्योरेन्स अब सर्वश्रेष्ठ हुन्छ : डिजीएम पाण्डे


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । राणाकालदेखि गणतन्त्रसम्म भोगिसकेको नेपालको पहिलो निर्जीवन बीमा कम्पनी आजदेखि ७२औं वर्षमा प्रवेश गरेको छ । २००४ सालमा स्थापना भएको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७१ वर्ष पूरा गरेको उपलक्ष्यमा आज एक भव्य कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाएको छ । नेपाल–भारत व्यापार विस्तारका क्रममा जोखिमको मात्रा कम गर्दै सुरक्षित व्यापार बिस्तारको भूमिका निर्वाह गरेको नेपाल इन्स्योरेन्सले इतिहासको लामो कालखण्ड नै पार गरिसकोको छ ।

नेपालको बीमा बजारमा अग्रणी यस संस्थाले आफ्ना बीमक, अभिकर्ता, कर्मचारी तथा सम्पूर्ण देशबासीमा हृदयदेखि नै आभार प्रकट गर्दै विजयादशमी तथा दीपावलीको सबैमा शुभकामना प्रकट गरेको छ ।

नेपाल इन्स्योरेन्स बीमा बजारमा जेष्ठ कम्पनी मात्रै होइन अब सर्वश्रेष्ठ हुनुपर्छ भन्ने दिशातर्फ आफुहरुको ध्यान केन्द्रित भएकोे कम्पनीका उप–महाप्रबन्धक विक्रान्त पाण्डेले नेपाल बहस डटकमलाई जानकारी दिए । उनले भनेः– ‘बीमा सामाजिक व्यवसाय हो । सेवा पहिलो र नाफा दोस्रो पा्रथमिकतामा पर्न जाने दावी गर्दै ग्राहकमुखी सेवा विस्तारबाट नेपालको बीमा बजारलाई नेतृत्व गरेर जाने तर्फ नेपाल इन्स्योरेन्स अघि बढेको छ ।’ निरन्तरको सकारात्मक प्रयासबाट नै ज्येष्ठ सर्वश्रेष्ठ हुने बताउँदै डिजिएम पाण्डेले श्रेष्ठताको अन्त्य भने नहुने बताए ।

१ लाख भन्दा बढी ग्राहक र ३४ वटा शाखा संजाल रहेको यो बीमा कम्पनीको चुक्ता पूँजी ६२ करोड रहेको छ भने प्रिमियम २०० करोडको हाराहारीमा संकलन गर्न सफल भएको छ । अब छिट्टै ३० वटा थप शाखा विस्तार गरेर १०० वटा शाखा पु¥याउने तथा चुक्ता पूँजीपनि १ अर्ब पु¥याउने लक्ष्य राखिएको डिजिएम पाण्डेको भनाइ छ । कम्पनीले २५ वटा ग्राहक सेवा केन्द्रबाट समेत तेस्रो पक्ष बीमा सेवा पु¥याउँदै आएको छ । हामी नेपालको दूरदराजसम्म पुग्न चाहन्छौँ । गाउँ–गाउँ र टोल–टोलमा बीमा अभियान संचालन गर्ने चाहना राखेको बताउँदै पाण्डेले यसबाट नै बीमाको चेतना विस्तार हुने जिम्मेवारी बोध आफुहरुमा रहेको बताए ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले निरन्तर २० वर्ष सेवारत कर्मचारी तथा उत्कृष्ठ सेवा गरेका आफ्ना सात जना कर्मचारीलाई नगद, पुरस्कार र प्रमाणपत्र प्रदान गरि सम्मान गरेको थियोे ।

कम्पनीले २५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घ सेवा पुरस्कार प्रदान गरेको छ । उक्त पुरस्कार पाउनेमा दामोदार दवाडी रहेका छन् । त्यस्तै २० वर्षको सेवा अवधि पूरा गर्ने कर्मचारीहरु प्रकाश बस्नेत, आमोदप्रसाद दुवे र समिरकुमार जोशी पुरस्कृत भएका छन् । त्यस्तै गरी उत्कृष्ट कर्मचारीमा कृष्ण पराजुली, नागेन्द्र साह र भीम घिमिरे रहेका छन् । उनीहरुलाई नगद पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार