सानिमा र बैंक अफ काठमाडौंबीच इन्स्योरेन्स सम्झौता


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सानिमा जनरल इन्स्सोरेन्स कम्पनी र बैंक अफ काठमाडौं लि.बीच निर्जीवन वीमा सेवा प्रधान गर्ने सम्वन्धमा  ( Bancassurance)  सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता मार्फत यस कम्पनीले आफ्नो थप सेवाहरु उक्त बैंककोे विभिन्न साखा मार्फत प्रधान गर्ने छ । उच्च प्रविधियुक्त सहज तथा दु्रत सेवा मार्फत ग्राहाकहरुको चाहाना अनुरुप निर्जिवन विमा पुराउन थप सहजता पुग्ने अपेक्षा गरिएको छ ।

कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पु¥याउने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार