fbpx

स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दै


Share This

नेपालबहस संवाददाता    

टीकापुर । केही महिनाअघि टीकापुर नगरपालिका १ की शान्ति काफ्लेको छातीमा समस्या भयो । टीकापुर अस्पतालबाट केही दिन औषधि खाँदा सञ्चो नभएपछि भक्तपुर क्यान्सर अस्पताल सिफारिश गरियो र उनको त्यही उपचार भयो । “मलाई कति पैसा लाग्यो भन्ने कुराको चिन्ता भएन, आउनेजाने खर्चबाहेक सबै खर्च स्वास्थ्य बीमा बोर्डले ति¥यो,” काफ्ले भन्छन् “स्वास्थ्य बीमा गरिराखे बिरामी भएका बेला कार्ड बोकेर गए निःशुल्क उपचार पाइने भएकाले सजिलो भएको छ ।”

लम्कीचुहा नगरपालिका लम्कीकी लालकौँरा पाण्डेले टीकापुर अस्पतालबाट चार पटक सेवा लिएका छन् । “मेरो हातमा समस्या हुँदा अस्पताल आएँ, यहाँबाट नेपालगञ्ज पठायो । शल्यक्रिया नै गर्नुपर्ने भनेपछि सिफारिश लिएर वीर अस्पताल काठमाडौँ गएँ, एमआरआईलगायतका सबै जाँच गरेर अन्तिममा शल्यक्रिया नै गर्नुप¥यो”, पाण्डेले भने, “बीमा नगरेको भए कति पो खर्च लाग्ने थियो, बीमा राम्रो लाग्यो जेठसम्म म्याद छ फेरि नवीकरण गर्नेहो ।”

कैलालीमा यसरी स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाख नाघेको छ । विसं २०७४ जेठदेखि माघ १० सम्म स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाख ३०८ पुगेको स्वास्थ्य बीमा बोर्ड कैलालीका दर्ता अधिकारी अनमोल रावलले जानकारी दिए । बिमितको सङ्ख्या बढ्दै जाँदा यसको चाप अस्पतालमा पर्न थालेको छ । टीकापुर अस्पताललाई पहिलो सेवाविन्दु मानेर उपचार गर्ने बिमितको सङ्ख्या ४१ हजार नाघेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा नरेन्द्र खनाल बताउछन । अस्पतालमा कैलालीका आठ र बर्दियाका दुई स्थानीय तहबाट आउने बिरामीले उपचार लिइरहेका छन् ।

टीकापुर अस्पतालका व्यवस्थापक टेकराज भट्टका अनुसार विसं २०७५ साउनदेखि पुस मसान्तसम्म टीकापुर अस्पताल आएका जम्मा ३७ हजार ४३६ बिरामीमध्ये आठ हजार ५४६ ९२३ प्रतिशत० बिमित बिरामी आएका छन् । बिमितले रु १६ लाख ५४ हजार बराबरको प्रयोगशाला सेवा, एक्सरे, चिरफारको सेवा र रु २० लाख २४ हजारको औषधि बीमाबाट उपभोग गरिसकेका छन् । यही अवधिका पाँच हजार ७४४ लाई निःशूल्क उपचार गरिएको छ । अस्पतालले ज्येष्ठ नागरिक, विपन्न, गरीब, अपाङ्गता भएका व्यक्ति, स्वयंसेवक, एचआइभी सङ्क्रमितको उपचार निःशुल्क गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार