fbpx

एल.आई.सी नेपालले ल्यायो ‘धनवृष्टि’ योजना, १० वर्षको बीमा गर्दा ३ वर्षमा नै पैसा फिर्ता



नेपालबहस संवाददाता
 



Dhana-bristi

काठमाडौं । “जीवनबीमाको साथमा, धनवृष्टि ३–३ वर्षमा” भन्ने सन्देशकासाथ लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एल.आई.सी.)ले ‘धनवृष्टि’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर कम्पनीले आयोजना गरेको एक समारोहबीच उक्त ‘धनवृष्टि’ योजना बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईंले सार्वजनिक गरेका छन् ।

कम्पनीका अन्रसार १३ देखि ६० बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जतिपनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि १० वा १५ बर्षको हुनेछ । १० वर्षे अवधिको बीमा लिंदा हरेक ३ वर्षमा बीमाङ्कको ३३ प्रतिशत रकम फिर्ता हुन्छ । १५ वर्षे अवधिमा हरेक ३ वर्षमा बीमाङ्कको १५ प्रतिशत रकम फिर्ता हुदै जान्छ । बीमा परिपक्वतामा अन्तिम फिर्ता हुने रकमकोसाथमा बीमा अवधिमा आर्जित बोनस रकम एकसाथ प्रदान गरिन्छ ।

यदि बीमा अवधिमा बीमितको निधन भएमा बीचमा धनफिर्ता गरिएको रकम कट्टा नगरी पुरै बीमाङ्क रकमकोसाथ आर्जित बोनस रकम इच्छाइएको व्यक्तिलाई प्रदान गरिन्छ । न्युन बीमाशुल्क कायम गरिएको यो ‘धनवृष्टि’ योजनामा अधिकतम् रु. ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी अशक्तता लाभसमेत उपलब्ध छन् । २ वर्षको बीमाशुल्क भुक्तानीपश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिनसक्ने कम्पनी सचिव विनोदकुमार भुजेलले नेपाल बहस डटकमलाई जानकारी दिए ।

Dhan-bristi Yojana

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल.पी. दासले बीमितले यस बीमा योजनामार्फत विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायीहरु जसले जीवन बीमाको साथमा आफ्नो रकममा सजिलो तरलता चाहन्छन् उनीहरुको लागि ‘धनवृष्टि’ योजना अति उत्तम हुने बताए । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले नयाँ बीमा योजनाको बारेमा प्रकाश पारेका थिए । उनले ‘धनवृष्टि’ योजनामा बीमितले ३–३ वर्षमा नै आफुले लगानी गरेको बीमा शुल्कको ठुलो हिस्सा फिर्ता प्राप्त गर्ने हुँदा आफ्नो लगानी रकम आफैसँग रहने र साथमा एलआईसी नेपालको जीवन बीमा पनि पाइने भएकोले ग्राहकहरुलाई यो ‘धनवृष्टि’ योजना लिनको लागि आग्रह गरे ।


सम्बन्धित समाचार