देवः बिकास बैंक र जनरल ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल (जिआईसि नेपाल) र देवः बिकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।इन्स्योरेन्स कम्पनी तथा बिकास बैंकबीच आज आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस्. के.तमोटले सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन । सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार