fbpx

आइएमई लिमिटेड र एन्टीक फेशन स्टोरबीच सम्झौता


Share This

नेपालबहस संवाददाता    

 प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूलाई ३०प्रतिशत छुट

काठमाडौं । काठमाडौं पानी पोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र बनेपास्थित नाला दोबाटोमा अवस्थित एन्टीक फेशन स्टोरबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले एन्टीक फेशन स्टोरबाट समान खरिद गर्दा तीस (३० ) प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । यो सुविधाका लागी आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड स्टोरको क्यास काउन्टरमा देखाउनु पर्नेछ ।

सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट मार्केटिङ्ग तथा सेल्स अधिकृत अजय थापा र एन्टीक फेशन स्टोरको तर्फबाट बजार तथा व्यापार प्रवद्र्घन विभाग प्रमुख संजीव प्रजापतिले हस्ताक्षर गरेका छन् । सम्झौता एक वर्षसम्मका लागि लागु हुनेछ ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियत पूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँच सम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार