fbpx

दशैं लक्षित सिटी एक्सप्रेसको ‘निःशुल्क बस सेवा’ सुरु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. ले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी ७ दिने “निःशुल्क बस सेवा”सुरु गरेको छ । यो निःशुल्क बस सेवा असोज १७ गते देखि २३ गते सम्म त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल बाट सुरु भई रिङ्गरोड परिक्रमा गर्ने छ ।

वैदेशिक रोेजगारीका लागि विदेशिने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित गरी महान् चाड दशैं मनाउन विभिन्न देशहरुबाट स्वदेश फर्किने यात्रुहरुलाई सहयोग पुगोस भन्ने भावना सहित सो सेवा सुरु गरिएको हो ।

उक्त उद्घाटन कार्यक्रममा कम्पनिका प्रबन्ध निर्देशक चन्द्र टन्डन, कम्पनिका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल (धुर्मुस) र नेपाल आइडल सिजन २ का ११ जना टप फाइन लिस्टहरुले संयुक्त रुपमा रिबन काटि यो सेवा सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार