आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ शाखा बेनी र कुश्मा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ शाखा पर्वतको सदरमुकाम कुश्मा र म्याग्दीको सदरमुकाम बेनीमा शाखा कार्यालय  विस्तार गरेको छ । व्यापार व्यवसाय विस्तार तथा प्रबद्र्धन गर्ने उद्देश्य अनुसार आज  शाखाहरुको उदघाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले गरेका हुन्।

कार्यक्रममा डा. अर्यालले न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्ने कम्पनी मुख्य उद्देश्य रहेको र सोही अनुरुपको कार्य गर्नका लागि कम्पनी तयार रहेको जानकारी दिए ।

कम्पनीले हाल ६९ स्थानबाट आफ्नो शाखा मार्फत सेवा प्रदान गर्दै  आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सवार्धिक, बाल शिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजनाहरु ल्याएको छ ।

सो अवसरमा कम्पनीका सहायक महाप्रबन्धक श्री दिनेश अमात्य, प्रदेशिक प्रमुख तथा सन्बन्धीत शाखाका शाखा प्रमुखहरुको समेत उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार