सेयर कारोबारमा लगानीकर्ताहरुको आन्दोलन जारी, कारोबार ठप्प


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सेयर कारोबारमा लगानीगर्ने लगानीकर्ताहरुले आज पनि सेयर कारोबार बन्द गरी आन्दोलन गरेका छन् । यो सँगै आन्दोलनका कारण प्रभावित भएको सेयर बजार बुधबार पनि ठप्प भएको छ।

सरकारले बोनस र हकप्रद सेयर किनबेच हुँदा अंकित मूल्यभन्दा कढी रकम पुँजीगत लाभकर लिने व्यवस्था गरेपछि विरोधमा उत्रिएका लगानीकर्ताहरु मंगलबारदेखि आन्दोलन जारी राखेका हुन्।

सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले सरकारको पछिल्लो निर्णय फिर्ता नलिएसम्म सेयर कारोबार हुन नदिने चेतावनी दिएका छन्। उनले आज विहान १० बजे नेपाल धितोपत्र बोर्ड घेराउ गनुका साथै ब्रोकरको कार्यालय घेराउ गरी कारोबार हुन नदिने बताए।

उनले सेयर कारोबार नगरी आन्दोलनमा साथ दिन सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई पनि विज्ञप्तीमार्फत् आग्रह गरिएको बताए ।


गत शुक्रबार आन्तरिक राजस्व विभागबाट जारी पत्र फिर्ता नभएसम्म आन्दोलनलाई यथावत राखि थप शसक्त बनाइने अर्यालले बताए।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार