सरकारले ल्याएको नयाँ सेयर लाभकरमा व्यवस्था फिर्ता


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णयबाट सरकार पछि हटेको छ । अब पुरानै विधिबाट पुँजीगत लाभकर गणना गरिने भएको छ । लगानीकर्ता र ब्रोकर कम्पनीले सरकारको पछिल्लो निर्णयको विरोध गर्दै कारोबार नै बन्द गरेका थिए । यसरी कारोबार नै बन्द भएपछि अहिलेका लागि पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्नुभन्दै अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्र पठाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले भने ‘पुरानै विधिबाट बोनस र हकप्रद सेयरमा पँुजीगत लाभकर लगाउनु भनेर आन्तरिक राजस्व विभागलाई पत्र पठाएका छौं । ‘ सेयर बजारका लगानीकर्ताहरुले सरकारको पछिल्लो निर्णयमा आपत्ति जनाउँदै वुधबार धितोपत्र बोर्ड घेराउ गरेका थिए ।

सोमबार नेपाल स्टक एक्सजेन्ज घेराउ गर्न पुगेका लगानीकर्ताहरु मंगलबार ब्रोकरहरुको गएर कारोबार नै ठप्प पारेका थिए । बुधबार बिहानै भने उनीहरु सरकारको निर्णयको बिरोधमा धितोपत्र बोर्ड घेराउ गर्न पुगेका हुन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार