सिद्धार्थ इन्स्योरेन्स र आरएसडिसी लघुवित्त कम्पनीको हकप्रद शेयर खुल्ला


Share This


नेपालबहस संवाददाता    

काठमाडौं। आइतबारदेखि दुई कम्पनीको हकप्रद शेयर खुल्ला भएको छ। सिद्धार्थ इन्स्योरेन्स र आरएसडिसी लघुवित्तले आइतबारदेखि हकप्रद शेयरको बिक्री खुला गरेका हुन् ।

सिद्धार्थ इन्स्योरन्सले २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद बिक्री खुला गरेको छ। निष्कासित शेयरमा बैशाख ३१ गतेसम्म कायम साविक शेयरधनीले बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल मार्फत साउल २० गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ।

कम्पनीले साविक १० शेयर बराबर ३।५ को अनुपातमा हकप्रद दिने छ। हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्कासन पछि ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्ने बताइएको छ।

यसैगरी आरएसडिसी लघुवित्तले २१ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको छ ।कम्पनीले साविक पाँच शेयरधनीलाइ तीन शेयर हकप्रद निष्कासन गरेको छ।

निष्कासित शेयरमा जेठ २१ गतेसम्म कायम शेयरधनी बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल मार्केट मार्फत साउन २० गते सम्म आवेदन दिन सक्ने आरएसडिसीले जनाएको छ।

हाल संस्थाको चुक्ता पूँजी ३५ करोड ९९ लाख रूपैयाँ छ । ६० प्रतिशत हकप्रद बिक्रीपछि संस्थाको चुक्ता पूँजी ५७ करोड ५९ लाख पुग्नेछ ।

तपाईको प्रतिक्रिया