शेयर बजारमा कारोबार रकम बढेपनि नेप्से सूचकां घट्यो


Share This


नेपालबहस संवाददाता    

काठमाडौं। आइतबार शेयर बजारमा कारोबार रकम उल्लेख्य बढेपनि नेप्से सूचकांक केही घटेको छ। आइतबार कारोबार सुरु भएदेखिनै बढ्न थालेको शेयर बजार ३० मिनेटसम्ममा १६.४० अंकले बढेको थियो।

त्यसपछिको २५ मिनेट मै बजार १२२४.९२ मै सिमित भयो। तीब्र उतारचढावका बीच अन्तिमसम्ममा नेप्से सूचकमा ०.०२ अंकले गिरावट भयो। नेप्से सूचक घटेपनि सेन्सेटिभ तर्फ भने ०.२७ अंकले बृद्धि भएको छ।

बुधवार र बिहीबार सुधार देखिएको बजारमा आइतबार पनि कारोबार रकममा उल्लेख्य सुधार हुँदा ४८ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ। ‍

नेपाल राष्ट्र बैंकले मार्जिन लोनकालागि केही सहुलियत दिने गरी मौद्रिक नीतिमा व्यवस्था गर्न लागेकोले बजारमा केही सपोर्ट गरेपनि अन्य आधार अझै तयार नभएको बजार विश्लेषक निरञ्जन टिवरेवाला बताउँछन्।

आइतबार बैंकिङ, होटल, उत्पादन तथा प्रशोधन र अन्य उपसूचक उकालो लागे पनि व्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, बीमा र माइक्रोफाइनान्सको उपसूचक भने ओरालो लागेको छ।

सबैभन्दा धेरै छिमेक लघुवित्तको ४ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ भने आरम्भ माइक्रोफाइनान्सका शेयरधनीले धेरै कमाएका छन्। आरम्भको कारोबारमै सर्किट लागेको थियो। त्यस्तै युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनीले ६.६६ प्रतिशतले गुमाएका छन्।

तपाईको प्रतिक्रिया