fbpx

सेयर बजारमा झिनो अंकले सुधार


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । मंगलबार सेयर बजारमा झिनो अंकले सुधार देखिएको छ । मंगलबार कारोबार शुरु भए लगत्तै बढ्न थालेको सेयर बजार एक पटक १ हजार २ सय १३ अंकसम्म पुगेको थियो ।

अन्तमा पुनः ओरालो दिशातर्फ लागेको बजार ४ दशमलव ७७ अंकले घट्दा नेप्से परिसुचक १ हजार १ सय ९९ दशमलव २७ अंकमा पुगेर कारोबार बन्द भएको हो ।

साताको दोस्रो दिन सोमबार १२ दशमलव ८४ अंकले बढेर नेप्से परिसुचकमा सुधार आएको थियो । नेप्से परिसुचक झिनो अंकले सुधार हुँदा कारोबार रकम भने वृद्धि भएको छ । ४ हजार ३३ वटा कारोबार हुँदा मंगलबार ११ लाख ८९ हजार ६ सय ८९ कित्ता सेयर किनबेच भए ।

जसअनुसार २९ करोड ४१ लाख ८२ हजार ३ सय ४८ रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार १८ करोड ६५ लाख २६ हजार ५ सय ३५ रुपैयाँको मात्रै सेयर कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया