नेशनल लाइफको हकप्रदमा आवेदन दिने अन्तिम दिन भोली



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रदमा आवेदन दिने मङ्गलवार ९भदौ १९० अन्तिम दिन रहेको छ । कम्पनीले साउन १ गतेदेखि १० बराबर ६ अनुपातमा प्रति शेयर एक सय अङ्कित दरको ९९ लाख ३६ हजार ४ सय ७७ दशमलव ५० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैङक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखाबाट आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले यो हकप्रदका लागि ग्रेड ३ रेटिङ प्रदान गरेको छ । यसले आधारभूत पक्षलाई औसतभन्दा तल रहेको बुझाँउछ । हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले असार २२ गते बुक क्लोज गरेकाले असार २१ गतेसम्म शेयर स्वामित्व भएका शेयरधनीले यो हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सोमवार भएको कारोबारमा शेयर मूल्य रू ७ सय १० मा खुला भई न्यूनतम रू ७ सय ५ बाट अधिकतम रू ७ सय ३० सम्म पुगि अन्तिम मूल्य रू ७ सय २० कायम भएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •