आज नेप्से र कारोबार रकम दुवैमा सुधार



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । शेयर कारोबार हुने साताको दोश्रो दिन आज बजार परिसूचक नेप्से र कारोबार रकम दुबैमा सुधार आएको छ । बजार परिसूचक नेप्से आज १५ दशमलव ९८ अंकले बढेर १ हजार २ सय ६ दशमलव २६ अंकमा पुगेको छ ।

नेप्सेमा सुधार आएसँगै कारोबार रकममा पनि हिजो भन्दा २६ करोड रुपैयाँले वृद्धि भएको छ । नेप्से परिसूचक हिजो ८ अंकले उकालो लागेको थियो ।

नेप्सेमा कारोबार भएका १० कम्पनी समूह मध्ये होटल र अन्य कम्पनी समूहको उपसूचकमा गिरावट आएको छ । सबै भन्दा बढी निर्जीवन बीमा कम्प्नी समूहको उपसूचक ९६ दशमलव ६६ अंकले उकालो लागेको छ ।

यस्तै, उत्पादनमूलक कम्पनी समूहको उपसूचक ९३ दशमलव २, जीवन बीमा समूहको ७२ दशमलव ४८, जलविद्युत समूहको १८ दशमलव ९८ अंकले बढेको छ ।

आज १ सय ६९ कम्पनीका ५ हजार ९ सय ७१ कारोबारबाट १८ लाख ९८ हजार ३ सय ५ कित्ता शेयर किनबेच भए । जसअन्र्तगत, ५६ करोड ६० लाख २१ हजार ७ सय १९ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कारोबार गरेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •