नेप्से निरन्तर उकालो लाग्दै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । मंगलबर नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ परिसूचक ३ दशमलव ९८ अंकले बढेर १ हजार २ सय १० दशमलव २४ को बिन्दुमा कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ९९ अंकले बढेर २ सय ५५ दशमलव ८६ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन कुल १ सय ७२ कम्पनीको १७ लाख ५५ हजार ५८७ कित्ता शेयर खरिदबिक्री हुँदा ५२ करोड १९ लाख २२ हजार ५७२ रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर शेयर भएको छ । जसको आज जम्मा १० करोड १७ लाख १५ हजार २६० रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा काबेली विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव २६ प्रतिशत बढेको छ ।

साथै सर्वाधिक गुमाउनेमा अरुण काबेली पावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ दशमलव ९८ प्रतिशतले घटेको छ । यस दिन जलविद्युत समूह, उत्पादक तथा प्रशोधन समूह, लाइफ इन्स्योरेन्स र लघुवित्त समूह घटेका छन् भने बाँकी सबै समूहहरु बढेका छन् ।

तपाईको प्रतिक्रिया