fbpx

सेयर बजार २६ प्रतिशतले बढ्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । यो साता कारोबार रकम २६ दशमलब ०२ प्रतिशतले बढेको छ। साताभर १ सय ८९ कम्पनीको तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार रुपैयाँ बराबरका एक करोड ६७ लाख ७२ हजार दुई सय ४० कित्ता सेयरहरु खरिदबिक्री भएका छन्।

गत साता १ सय ८९ कम्पनीहरुको कारोबार भएको थियो। जसबाट २ अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँ बराबरका ९० लाख ७० हजार सात सय ७० कित्ता सेयरहरु खरिदबिक्री भएका थिए।

यस साता कारोबार रकमको आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ। बैंकको २३ करोड ३६ लाख १० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा क्यपिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनीको संस्थापक सेयर अग्रस्थानमा रहेको छ। कम्पनीको ३० लाख ८५ हजार सेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार