fbpx

कमजोर ग्रेडिङ्ग पाएको आँखुखोला हाइड्रोमा लगानीकर्ताको चासो !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । इक्रा नेपालले आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको आईपिओलाई आईपिओ ग्रेड ५ को ग्रेडिङ्ग प्रदान गरेको थियो । सो हाइड्रोपावर कम्पनीले (असोज २३ गतेदेखि) सर्वसाधारणमा जारी गरेको साधारण शेयर (आईपिओ) पहिलो दिनमा नै ९० प्रतिशत भन्दा बढी बिक्री भएको समाचार प्राप्त भएको छ । हाइड्रोको शेयरमा झण्डै पौने १२ करोड रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धकले सिभिल क्यापिटलले जनाएको छ ।

सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर बाँकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता शेयरमा आम सर्वसाधारणले आवेदन दिने कम्पनीले जनाएको छ । आज पहिलो दिन ११ लाख ६३ हजार कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धकले जानकारी दिएको छ । जानकारी अनुसार आइतबार साँँझ ५ बजेसम्म ११ करोड ६३ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्याइएकोमध्ये ९० प्रतिशत भन्दा धेरै हो ।

आँखु खोलाल कूल १३ लाख ७६ हजार २० कित्ता शेयरमध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।

यस आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था रहेको छ । इच्छुक आवेदकले धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त गरेको जुनसुकै बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय मार्फत ७७ जिल्लाबाटै आवेदन गर्न सक्नेछन् ।

कस्तो छ कम्पनी ?
आँखुखोला जलविद्युत कम्पनी लिमिटेडद्धारा प्रवद्धित आँखुखोला–१ जलविद्युत आयोजना निर्माण सम्पन्न भई २०७० साल भाद्र ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु भइरहेको छ । कम्पनीबाट निर्माण सम्पन्न भई सञ्चालनमा रहेको जलविद्युत आयोजनाको क्षमता ८.४ मेगावाट रहेको रहेको छ ।

आयोजनाको कूल लागत २४२.७३ करोड रहेको छ । जसको प्रतिमेगावाट लागत २८.८९ करोड रहेको छ । अत्याधिक लागतमा निर्माण भएको आयोजनाले साधारण लगानी फिर्ता हुने समयवधि करिब ९ बर्ष राखेको छ ।

धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालीकामा विद्युत उत्पादन केन्द्र रहेको यस कम्पनीको रजिष्ट्रार कार्यालय भने काठमाडौं नक्सालमा रहेको छ । कम्पनीमा एक हजार १४९ जना संस्थापक शेयरधनीको ७५ प्रतिशत लगानी रहेका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार