आइतबारबाट तामाकोशीको शेयर दोस्रो बजारमा कारोबार हुने, साताको अन्तिम दिन नेप्सेको ‘ग्रिनसिग्नल’


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्जमा आज सूचीकृत भएको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम पुस २० गतेको निर्णय अनुसार कम्पनीको १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकरण भएको जानकारी दिएको छ ।

आज सूचीकरण भएको शेयर आइतबारबाट दोस्रो बजारमा कारोबार हुनेछ । स्टकका अनुसार १० अर्ब ५९ करोड रूपैयाँ बराबरको शेयर एकै पटक धितोपत्र बजारमा आउन लागेको हो ।

यसैबीच, धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ४८ विन्दुले बढेर एक हजार १८० दशमलव ८४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३९ विन्दुले बढेर २५० दशमलव ६५ विन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १६३ कम्पनीको १३ लाख ८७ हजार ५९२ कित्ता शेयर रु ३६ करोड ६३ लाख २४ हजार १६४ मूल्यमा खरीद बिक्री भएको छ । स्टकका अनुसार आज कारोवार भएका कूल ११ कम्पनीमध्ये चार उपसमूहको शेयर घटेको छ । यस्तै सात उपसमूहको शेयर भने बढेको छ । होटल एक दशमलव ७८, विकास बैंक छ दशमलव छ, जलविद्युत् दुई दशमलव ३५ र उत्पादन पाँच दशमलव ८२ विन्दुले घटेको छ ।

यस्तै बैंकिङ एक दशमलव ५८, व्यापार दुई दशमलव ५३, वित्त दुई दशमलव ५२, निर्जीवन बीमा २२ दशमलव १७, अन्य एक दशमलव १९, लघुवित्त पाँच दशमलव सात र जीवन बीमा पाँच दशमलव ९६ विन्दुले बढेको छ । स्टकका अनुसार सानिमा इक्विटी फण्ड, सर्पोट माइक्रोफाइनान्स, जेविल्स फाइनान्स, तारागाउँ रिजेन्सी होटल, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।

यस्तै सिनर्जी पावर डेभलमेन्ट, पूर्णिमा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्रोपावर, हिमालयन पावर पार्टनरका शेयरधनीले आज गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार