fbpx

३२ लाख कित्ता शेयर थपियो, कसको कति  ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा ३२ लाख १८ हजार १ सय ३७ कित्ता शेयर सूचीकृत भएको छ । जसमा सीटी एक्सप्रेस फाइनान्सको २५ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ भने यता नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको ६ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

यस्तै हाम्रो विकास बैंकको १ लाख १८ हजार १ सय ३७ कित्ता बोनस शेयर सूचीकृत भएको छ । नयाँ नेपालले गत साउनमा हकप्रद बिक्रि गरेको थियो भने सिटि एक्सप्रेसले गत भदौमा हकप्रद बिक्री खुला गरेको थियो । हाम्रो विकास बैंकले कात्तिकमा बोनस शेयर पारित गराएको थियो । सोही शेयर अहिले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार