fbpx

युनिभर्सल पावरको आईपीओमा ४० करोडको आवेदन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । युनिभर्सल पावर कम्पनीको साधारण शेयर आइपीओमा करिब ४० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । आज बिहान १० बजेसम्म करिब ४० लाख कित्ता अर्थात् ४० करोड रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले जानकारी दिए ।

कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि ८६ लाख ७४ हजार ४९२ कित्ता आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओका लागि आज र भोलि मंगलबारसम्म आवेदन दिन सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार