fbpx

५ लाखको शेयर किन्दै हुनुहुन्छ ? आजबाट प्यान अनिवार्य चाहिने



नेपालबहस संवाददाता
 



pan-card

काठमाडौं । दोस्रो बजारमा शेयर खरिद गर्न आजबाट (वैशाख २ गते) स्थायी लेखा नम्बर (प्यान) अनिवार्य चाहिने भएको छ । धितोपत्र बोर्डले गत २०७५ फागुन ३० गते एक विज्ञप्ती जारी गर्दै २०७६ वैशाख १ गतेबाट प्यान (PAN) अनिवार्य गर्ने जानकारी गराएको थियो । धितोपत्र बोर्डले सेयर कारोबारलाई व्यवस्थित बनाउन गत चैत १० गतेदेखि नै प्यान ऐच्छिक रुपमा लागू गरिसकेको थियो । तर आजबाट भने सेयर खरिद गर्दा प्यान अनिवार्य चाहिनेछ ।

एक पटकमा ५ लाख रुपयाँ वा बढीको सेयर कारोबार गर्नेलाई मात्र प्यान अनिवार्य गरिएको हो । ५ लाख रुपैयाँ भन्दा कम लगानी गर्ने साना लगानीकर्तालाई भने प्यान ऐच्छिक नै रहनेछ । साना लगानीकर्तालाई प्रोत्साहन गर्न ऐच्छिक गरिएको बोर्डको भनाई छ । यसैगरी, धेरै परिमाणमा सेयर कारोबार गर्नेले पनि ५ लाख रुपैयाँभन्दा कमका दरले सेयर खरिद गरेमा प्यान अनिवार्य गरिएको छैन ।sebon_pressmeet


सम्बन्धित समाचार