नेप्से परिसूचक सँगै कारोबार ओरालो,सबै समुहमा गिरावट


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । बुधबार नेप्से परिसूचक ४/८७ अंकले घटेर १३५६/ १५ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक सँगै कारोबार रकममा पनि ओरालो लागेको छ ।

१६० कम्पनी सामेल आजको कारोबारमा ३४ करोड रुपैयाँको कारोबार भएको छ । आज अन्य समुह बाहेक सबै समुहमा गिरावट आएको छ ।बिमा समुह १८/६९ अंकले घटेको छ । होटल समुह १२।१ अंकले घट्दा विकास बैंक समूहतर्फ ८/०७ अंकले घटेको छ । जलविद्युत समुहमा ६/२ अंकको गिरावट आएको छ ।

बजार घट्दा फरवार्ड कम्यूनिटिको सबैभन्दा बढी २ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यता एनएमबी बैंकको १ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । बुटवल पावर कम्पनीको १ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State