तिज फेसन शो सम्पन्न

काठमाडौं । एल एण्ड एन मोडल एजेन्सी प्रालिको आयोजनामा सम्पन्न भएको तिज फेशन शो तथा म्युजिकल ईभेण्टको भब्यताको साथ सम्पन्न भएको छ । प्रमुख अतिथि संचारकर्मी,कलाकार तथा समाजसेवी सुर्य चन्द र अभिनेता रमित ढुंगानाको उपस्थितिमा सम्पन्न फेसन शो मा मोडल कौशिक प्रसाई, अभिनेता नयन डिसी, मोडल संजय राजविक्रम, मोडल जेम्स बिसी लगायतका अन्य सेलिब्रेटीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । तिज फेसन शोमा फेसन डिजाइनर रश्मि बस्नेत, प्रमिला डंगोल, अनिल प्रधान, स्वीकृति पोखरेल, अनु शिल्पकार तथा एलभीडी एण्ड लाइभ अप डेनिमका आकर्षक ड्रेसहरु प्रस्तुत गरिएको थियो । थप पढ्नुहोस्

नेपाल्स लिटल स्टार २०१८ को ओरेन्टेसन सम्पन्न

काठमाडौं । सिद्दि मिडिया प्रालिले आयोजना गर्न लागेको नेपाल्स लिटल स्टार २०१८ प्रतियोगिताको ओरेन्टेसन क्लास सम्पन्न भएको छ । करिब २ दर्जन बालबालिका प्रतिश्प्रधा गर्न लागेको उक्त प्रतियोगितामा बालबालिकाहरुको व्यक्तित्व बिकाश गर्दै उनिहरु भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले र भविष्यमा एक सक्षम नागरिक बनाउने सोचका साथ नेपाल्स लिटल स्टार २०१८ आयोजना गर्न लागिएको सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाह बताउछन् । थप पढ्नुहोस्

मिस टिन कलेजको छैटौं संस्करणमा को को छन्, सहभागी ‘हेर्नुस’

काठमाडौं । सिजन मिडियाद्धारा आयोजना गरिएको मिस टिन कलेज को छैटौं संस्करणमा सहभागीहरुको फोटो सार्वजनिक गरिएको छ ।काठमाडौंका विभिन्न कलेजहरुमा कक्षा ११ र १२मा अध्ययनरत १६ वर्षदेखि १९ वर्ष सम्मका छात्राहरु मिस टिनमा सहभागी भएका छन् । थप पढ्नुहोस्

तीजमा उपयुक्त मेकअप

  सीमा गुरुङ /मेकअप आर्टिस्ट काठमाडौं । तीज भन्नासाथ हिजोआज एकदमै ट्रेन्डी र फेसनेबल सोच आइहाल्छ । महिलाहरू डिजाइनर पहिरनका साथ आफूलाई सुहाउने मेकअपमा सिंगारिन चाहन्छन् । तीजमा ट्रेन्डी मेकअप तर ब्राइट देखिने हल्का मेकअपमै सुन्दर देखिन सकिन्छ । हेभी मेकअपले आफूलाई मात्र होइन हेर्नेलाई समेत गार्‍हो हुन्छ । तीजका बेला व्रत बस्ने, मठ–मन्दिर जाने तथा नाचगान गरिने हुँदा वाटरप्रुफ मेकअप लगाउनुपर्छ । विवाहित महिलाहरूले रातो एवं ब्राइट कलरका पहिरन लगाउने हुँदा सेमी ब्राइडल लुक्स दिने मेकअप उपयुक्त हुन्छ जसमा आइज स्मोकी हुनुपर्छ । थप पढ्नुहोस्

हिमालय ब्युटी पेजेण्ट २०१८ को उपाधि सुजातालाई

काठमाडौं । ‘हिमालय ब्युटी पेजेण्ट २०१८’को उपाधि सुजाता देउजाले जितेकी छिन् । काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा हिमालय प्याजेण्ट द्वारा आयोजित ‘‘हिमालय ब्युटी पेजेण्ट २०१८’ मा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सुजाताले उक्त उपाधि जित्न सफल भएकी हुन् । उक्त प्रतियोगितामा अन्जना ज्योति फस्ट रनर अप, बिमिता खत्री सेकेन्ड रनरअप त्यसैगरी अनिशा घिसिङ थर्ड रनरअप बन्न सफल भए । थप पढ्नुहोस्

तीजको पहिरनमा डिजाइन

काठमाडौं । तीज भन्नासाथ रातो साडी नै लगाउने चलन अहिले आएर केही घटेको छ । त्यसको ठाउँमा साडीकै झझल्को दिने डिजाइनर साडी गाउन, पेन्सिल साडी, ग्याडर साडी, लेहेंगा वा लेहेंगा साडीमार्फत मोर्डन लुक्समा प्रस्तुत हुन सकिन्छ । विगत ५ वर्षदेखि फेसनमा रहेको लेहेंगासँगै वान पिसमा महिलाहरूको रुचि बढेको छ । वान पिस भन्नाले लङ गाउन तथा सर्ट ड्रेस भन्ने बुझिन्छ । यस्तो पहिरन १४ वर्षदेखि ३६ वर्षसम्मका महिलाले सजिलै क्यारी गर्न सक्छन् । यदि लेहेंगा लगाउने हो भने आफ्नो शरीरको बनावट तथा स्किन कम्प्लेक्सन सुहाउँदो डिजाइन गरेर लगाउन सके अझ आकर्षक देखिन्छ । थप पढ्नुहोस्

अल्विना भईन ‘टिन प्रिन्सेस नेपाल–२०१८’

काठमाडौं । ‘टिन प्रिन्सेस नेपाल–२०१८’को उपाधि काठमाडौंको ठमेल निवासी १६ वर्षीय अल्विना तिमल्सिनाले जितेकी छिन् । काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा ¥याम्प जोनद्वारा आयोजित ‘टिन प्रिन्सेस नेपाल–२०१८’ मा आफ्ना दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै अल्विनाले अर्को उपाधि मिस व्युटिफुल सहित मुख्य उपाधि जितिन् । उनले ‘टिन प्रिन्सेस नेपाल भए बापत क्राउन, ट्रफीसँगै रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा ४० हजार रुपैयाँको व्युटिसियन कोर्ष, मर्सी एजुकेशनबाट आईएल्स् कोर्ष र विभिन्न उपहार प्राप्त गरिन् । थप पढ्नुहोस्

तिजको अवसरमा फेशन शो तथा म्युजिकल ईभेण्ट हुने

काठमाडौं । एल एण्ड एन मोडल एजेन्सी प्रालिको आयोजनामा तिज फेशन शो तथा म्युजिकल ईभेण्टको पहिलो संस्करण हुने भएको छ । उक्त शो को लागि यहि आउदो भाद्र ९ गते शनिबार शेर्पा मल हेडलाइन स्पोर्ट्स क्याफे दरबारमार्गमा अडिशन हुने भएको आयोजकले जानकारी दिएको छ । हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसरमा महिलाहरुलाई तिजको बिशेष पहिरनमा चर्चित फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पमा मोडलहरुलाई उतार्न लागिएको यस फेशन शोमा सेलेब्रेटी मोडलरनायिकाहरुको समेत उपस्थित रहने छ । थप पढ्नुहोस्

स्पावेकको सिरम तथा बिबी क्रिम, चम्किलो तथा हरपल ताजा

काठमाडौं । जापानी ब्रान्ड स्पावेकका सम्पूर्ण प्रसाधन विभिन्न समुद्री तत्वहरूले बनेका छन् । स्किन केयरमा केन्द्रित यो ब्रान्डको ह्वाइटनिङ ट्रिपल केयर सिरमले छालामा प्रत्यक्ष पर्ने घामको विकिरणबाट जोगाउनुका साथै छालालाई मुलायम, चम्किलो तथा हरपल ताजा बनाउँछ । यो अल्कोहल–फ्रि सिरमले मुहारलाई आकर्षक देखाउने मात्र नभई बाहिरी प्रदूषण, घामको ताप एवं अन्य कारणले बिग्रिएको छालामा समेत सुधार ल्याई त्यसलाई स्वस्थ र सुन्दर बनाउँछ । त्यसैगरी यो ब्रान्डको मोइस्चर बिबी क्रिम परफेक्ट ग्लो तथा नेचुरल ग्लो गरी दुई प्रकारमा उपलब्ध छन् । थप पढ्नुहोस्

ताज संगै मिस फ्रेन्डशिपको अवार्ड न्याथम कलेजकी साइनालाई

काठमाडौं । परेली मिडियाले राजधानीको राष्ट्रिय नाचघर,जमलमा आयोजना गरेको ‘ मिस टुरिज्म वर्ल्डवाइड नेपाल २०१८ मा न्याथम कलेजकी साइना कुँवरले हात पार्न सफल भएकी छिन् । कुँवरले मिस टुरिज्म नेपाल २०१८ मा आफ्ना १४ प्रतियोगीहरुलाई पछि पार्दै शीर्ष ताज संगै मिस फ्रेन्डशिप को अवार्ड जितेकी हुन् ।त्यसैगरी आयुश्मा पोखरेलले फष्ट रनरअपको ताज हात पारीन भने उनले विधागत तर्फको मिस लिडरशिप अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । त्यसैगरी सेकेण्ड रनरअपको ताज रश्मि पहारीले जित्न सफल भइन भने उनले विधागत तर्फ मिस ट्यालेन्ट र मिस हेल्पफुल को पनि अवार्ड हात पारेकी हुन् । थप पढ्नुहोस्
1 2 3 4