आजदेखि ६४ लागे भुवन केसी, सदाबहार सुन्दर

काठमाडौं । नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी ६४ वर्ष लागेका छन् । थुप्रै हिट फिल्म दिएका भुवन पछिल्लो समय निर्माण तथा निर्देशनमा सक्रिय छन् । हाल उनी छोरा अनमोललाई लिएर क्याप्टेन निर्माणमा जुटिरहेका छन् । कुसुमे रुमाल, साइनो, सम्झना, नेपाली बाबु जस्ता हिट फिल्म दिएका छन् । भुवन फिल्म उद्योगमा जति सम्मानित र प्रसिद्ध छन् ब्यक्तिगत गसिप र विवादका कारण चर्चामा आइरहन्छन् । नायिका सुस्मिता केसीसँग विवाह गरेका भुवनले सुस्मितासँग सम्बन्ध विच्छेद भएपछि छोरा अनमोलसँग बस्दै आएका छन् । थप पढ्नुहोस्

चलचित्र ‘सायाबुङ’ काठमाडौंमा प्रदर्शन

काठमाडौं । किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल)को भव्य प्रदर्शन भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्यालय कोटेश्वरस्थित सुम्नीमाहलमा शनिबार विशेष प्रदर्शनी भएको हो । द ह्वाइट फेसको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति किरात राई यायोक्खाका कार्यबहाक अध्यक्ष दिवश राईले फिल्म निर्माण टिमलाई बधाई दिए । प्रिमियर शो उद्घाटन गर्दै उनले यस्तो फिल्मको निर्माणले संस्कृतीको संरक्षणमा ठूलो योगदान पुग्ने बताए । थप पढ्नुहोस्

काठमाडौं आइपुगे बलिउड सुपरस्टार गोविन्दा

काठमाडौं । भारतीय चलचित्रका सुपरस्टार नायक गोविन्दा शनिबार नेपाल आइपुगेका छन् । बलिउड सुपरस्टार गोविन्दा आइतबार काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ आज काठमाडौं आएका हुन् । उनको नेपाल बसाई ३ दिनको हुनेछ । बलिउड सुपरस्टार गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि संचारकर्मीमाझ नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिए । नेपाल बसाईको क्रममा पशुपतिनाथको दर्शन गर्ने र चन्द्रागिरि हिल्स पुग्ने आफ्नो योजना रहेको पनि उनले जानकारी दिए । थप पढ्नुहोस्

बलिउड अभिनेत्री दिशा पटानीको सम्पत्ति ९० करोड

काठमाडौं । बलिउड अभिनेत्री दिशा पटानी उमेरले २६ वर्ष मात्रै भइन् । तर, उनी ९० करोड नेपाली रुपैयाँबराबरकी मालिक्नी हुन् । फिल्म उद्योगमा नयाँ भए पनि उनको फ्यान फलोइङको सूची भने निकै लामो छ । ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’बाट बलिउडमा डेब्यु गरेकी दिशा सामाजिक सञ्जालमा पनि उत्तिकै क्रियाशील हुन्छिन् । दिशा बलिउड अभिनेता टाइगर श्राफसँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा आइरहने गर्छिन् । यस वर्ष प्रदर्शनमा आएको ‘बागी २’को सफलताका कारण दिशा पटानी सय करोड क्लब अभिनेत्री बनिसकेकी छिन् । दिशाको स्टाइल सेन्स पनि कुनै टप हिरोइनको भन्दा कम छैन । थप पढ्नुहोस्

सुम्नीमा हलमा चलचित्र ‘सायाबुङ’को विशेष प्रदर्शन हुने

काठमाडौं । किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल)को विशेष प्रदर्शन हुने भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्यालय कोटेश्वरस्थित सुम्नीमा हलमा भदौ ३० गते ‘सायाबुङ’को विशेष प्रदर्शन हुने निर्माण पक्षले सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । द पाल्म ग्रुप प्रा. लि. को ब्यानरमा निर्माण गरिएको सायाबुङ चलचित्र किरात राई सँस्कृतिमा आधारित रहेको छ । चलचित्रमा किरातीहरुको परम्परागत मूल्य र मान्यतालाई जीवन्तरुपमा प्रस्तुत गरिएको छ । चलचित्रको नाम किराती सभ्यतार भाषाबाट लिइएको भएपनि पनि चलचित्र नेपाली भाषामा रहेको छ । थप पढ्नुहोस्

बलिउड नायक अक्षय कुमार आजदेखि ५१ बर्षमा प्रवेश

काठमाडौं । भारतीय चलचित्र बलिउडका सुपर नायक तथा खेलाडी कुमार अक्षय कुमारको आइतबार जन्मदिन परेको छ । सेप्टेम्बर ८ तारिकमा जन्मेका अक्षयको जन्मदिन पारेर शनिबार राती आफ्नी पत्नी ट्विंकल र बबि देओल साथै उनकी पत्नी तान्या देओल र अनु दीवानको साथमा मुंबईको रेस्टुरेन्टमा आफ्नो जन्मदिन मनाएका छन् । आजका दिन दिनदेखि अक्षय कुमार ५१ बर्षमा प्रवेश गरेका छन् । जन्मदिनको मनाएपछि सबैले समामुहिक फोटो समेत खिचेका थिए । बबिले आफ्रनो इंस्टाग्राममा ग्रुप फोटो शेयर सेयर गर्दै लेखेका छन् । थप पढ्नुहोस्

मुलुकका ९५ हलमा एकसाथ प्रदीपको रोज, आक्रमक सुरुवात

काठमाडौं । लोकप्रिय अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘रोज’ शुक्रबारबाट मुलुकका ९५ वटा सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको छ । रोजी मुलुकका मल्टिप्लेक्सदेखि सिँगल थिएटरका सबैजसो हलमा यो सिनेमा लागेको हो । काठमाडौंको गोपिकृष्ण, गुण, अष्ट, बिग लगायतका धेरैजसो सिनेमा हलमा बिहानदेखि नै हाउसफुल भएको छ । यसका वितरक गोबिन्द शाहीले दिउँसो ११ बजेको शो पनि धेरै ठाउँमा हाउसफुल भएको जानकारी गराएका छन् । अर्का वितरक मनोज राठीका अनुसार पोखरा, धरान, दमक, बिर्तामोड, इटहरी, बुटबललगायतका शहरका सिनेमाहलमा पनि सो हाउसफुल छ । थप पढ्नुहोस्

धूम ३ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली समाजको यथार्थतालाई समेत उतारिएको चलचित्र धूम ३ को ट्रेलर सार्वजनिक भएको छ । छायाँकनको समय देखि नै अत्याधिक चर्चामा रहेको चलचित्र धूम ३ को लेखन, निर्माण तथा निर्देशन नायक जय किशन बस्नेतले गरेका छन् भने यो चलचित्र जय किशन बस्नेत फिल्मस प्रा।लि।को ब्यानरमा निर्माण गरिएको छ । आफ्नो होम प्रोडक्सन तथा बाहिरका चलचित्रमा समेत ब्यस्त रहेका नायक जय किशन बस्नेतकै लेखन, निर्माण र निर्देशन समेत रहेको चलचित्र धूम ३ को ट्रेलरमा नायक बस्नेतका साथै नव नायिका एलिना रायमाझी प्रमुख भूमिकामा देखिएका छन् । थप पढ्नुहोस्

चलचित्र मेरी मामु आजदेखि देशैभर प्रदर्शन

काठमाडौं । चलचित्र मेरी मामु शुक्रबारदेखि देशभर प्रदर्शन भएको छ । यो चलचित्र देशका ८० भन्दा बढी हलमा एकसाथ प्रदर्शन भएको हो । चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत–२ जस्ता चलचित्र निर्माण गरिसकेका निर्माता सन्तोष सेनले झन्डै २ करोडको लगानीमा यो चलचित्र निर्माण गरेका हुन् । मेरी मामु घोषणा भएको तीन महिनामै प्रदर्शनका लागि तयार भएको हो । काठमाडौं, ललितपुर, चितवन आदि स्थानमा छायांकन गरिएको यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन । यो चलचित्रको सम्पादन बनिश शाह तथा भूपेन्द्र अधिकारीले गरेका हुन् । थप पढ्नुहोस्

‘इन्टु मिन्टु लन्डनमा’को ट्रेलर रिलिज

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म इन्टु मिन्टु लन्डनमाको ट्रेलर रिलिज भएको छ। मंगलबार युट्युबमार्फत फिल्मको ट्रेलर रिलिज गरिएको हो। ट्रेलरमा फिल्मका मुख्य दुई कलाकार साम्राज्ञी र धिरज मगरबीचको प्रेम र अन्तर द्वन्द्वलाई प्रस्तुत गरिएको छ। रेनशा बान्तवा राई निर्देशित फिल्ममा साम्राज्ञी र धिरजसँगै विवेक लिम्बू, शारुक ताम्राकार, सुनिशा बजगाईंलगायतका कलाकारहरूको अभिनय रहनेछ। https://youtu.be/dCt6o8MyWzk नृत्य निर्देशक रेनिशाको डेब्यु निर्देशन रहेको यस फिल्म धिरजको पनि डेब्यु फिल्म हो । थप पढ्नुहोस्
1 2 3 13