हेड सरको ‘सनही’

काठमाडौं । ‘प्रधानाध्यापक’ भन्नेवित्तिकै धेरैले अधिकांश समय विद्यालयको काममा खटिरहने शिक्षकको प्रमुख नाइके भनेर बुझ्ने गर्दछन् । प्रधानाध्यापकले विद्यालयको व्यवस्थापकीय पक्षलाई राम्रो बनाउँदै शिक्षक न्यून हुने शैक्षिक संस्थामा अध्यापन गराउने कामसमेत गरेका हुन्छन् तर कुश्माको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले भने अतिरिक्त श्रममा समेत आफूलाई अब्बल नाइकेका रुपमा प्रस्तुत गरिरहेका छन् । जिल्लाको एक माविका प्रअलाई सार्वजनिक बिदाको दिन प्रायः कुश्मा बजारमा हुने बिहे लगायत अन्य शुभकार्यमा गाला फुलाई–फुलाई सनही बजाइहेको देखिन्छ । थप पढ्नुहोस्