गोरखामा नयाँ राजा, पहिरिए श्रीपेच

दीपक श्रेष्ठ गोरखा । नवौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७५’ को उपाधि जित्दै भारतीय सेनाका अनिष थापामगरले श्रीपेच पहिरिएका छन् । पर्वत घर भएका थापा मगरले उपाधि जित्दै यस वर्षका लागि लिगलिगे राजा घोषित भएका हुन्। लिगलिगे दौड प्रतियोगितामा थापामगरले १३.८ किलोमिटरको निर्धारित दूरी ५८ मिनेट २५ सेकेण्डमा पार गरेका हुन् । प्रतियोगितामा बाग्लुङ जिल्ला घर भएका भारतीय सेनामा कार्यरत तीर्थ पुनः मगर दोस्रो भएका छन् । उनले निर्धारित दूरी ५८ मिनेट ४० सेकेण्डमा पूरा गरे । थप पढ्नुहोस्

१० हजार बराबरको रक्सी मुसाले पिएपछि……

काठमाडौं । भारतको बिहारमा मुसाले रक्सी पिएको घटना सार्वजनिक भएको छ । घटना बिहारको कैमूर जिल्लाको हो । जिल्लामा रक्सीमा प्रतिबन्ध लगाएपछि पनि बजारमा भेटिएको रक्सी बरामद गरिएको थियो । बरामद गरी नष्ट गर्न भनेर राखिएको रक्सी मुसाले खाएको प्रहरी अधिकारीहरुले बताएका छन् । कैमूरको एउटा गोदाममा सन् २०१६ देखि अहिलेसम्म जफत गरिएको रक्सी राखिएको थियो । सोमबार जफत गरिएको रक्सी नष्ट गर्ने कार्यक्रम थियो । नष्ट गर्ने बेलामा जब हिसाबकिताब भयो १० हजार रुपैयाँको अन्तर पाइयो । त्यसपछि मात्रै थाहा भयो कि १० हजार बराबरको रक्सी मुसाले पिएका रहेछन् । थप पढ्नुहोस्

फ्लेयरले गरे पाँचौं विवाह

काठमाडौं । डब्लुडब्लुईका लोकप्रिय रेसलर रिक फ्लेयरले पाँचौ विवाह गरेका छन् । रिकले आफ्नी गर्लफ्रेन्ड वेन्डी बारलोसँग एक विशेष समारोहबीच विवाह गरेका हुन् । उक्त अवसरमा डब्लुडब्लुईसँग सम्बन्धित रेसरलहरूको सहभागिता थियो । ६९ वर्षीय रिक तथा टेनिस खेलाडी ५८ वर्षीया वेन्डी करिब ६ वर्षदेखि साथै थिए । गत वर्षको अगस्टमा रिक मुटुको समस्याका कारण गम्भीर बिरामी हुँदा वेन्डीले नै उनको हेरचाह गरेकी थिइन् । रिकले विवाहको भिडियो समेत इन्स्टाग्राम स्टोरीमा राखेका छन्, जसमा सेतो कोट लगाएका रिक हातमा फूल लिएर बेहुली वेन्डीतर्फ अघि बढिरहेका देखिन्छन् । थप पढ्नुहोस्

तपाईलाई थाहा छ ? कुकुर हास्छ !

काठमाडौं । के तपाईलाई थाहा छ कुकुर हास्ने पनि गर्छ । सुन्दा अनौठो लाग्ला तर यो सत्य हो । इन डिफ़ेंस ऑफ़ डॉग्स र एनिमल्स अमंग असले कुकुर कहिले र किन हास्छ भनेर गरिएको अध्ययनले पत्ता लागेको हो । मानिसहरुको सबैभन्दा प्यारो र प्रिय साथी भनेकै कुकुर हो । तपाइको घरमा पनि कुकुर छ होला तपाई त्यसलाई कति माया गर्नुहुन्छ रु उसले पनि तपाईलाई त्यतिकै माया गर्छ । कुकुर हास्ने केही कारण तपाइलाई जानकारी दिदै छौ : १. भिडियो कुकुरले आफ्नो तस्विर देखेपछि पहिला त ध्यान दिएर हेर्छ अनि उक्त तस्विरलाई भिडियोमा देखेपछि कुकुर हास्ने गर्छ । थप पढ्नुहोस्

सुदूरपश्चिममा आज बूढी पोल्ने पर्व मनाइँदै

काठमाडौं । डडेल्धुरालगायत सुदूरपश्चिमका जिल्लाहरुमा आज बूढी पोल्ने पर्व मनाइँदैछ । असोज सङ्क्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा यो पर्व मनाइने गरिन्छ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसी पुतनाको प्रतीकलाई पोल्ने गरिन्छ । किम्बदन्तीअनुसार भगवान श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला अर्थात गोठालाले पुतनाको शव दहन गरेको पण्डित कृष्णदत्त ओझाले बताए । थप पढ्नुहोस्

३६ वर्षीया महिलाको कुमारित्व लिलाम

काठमाडौं । विमान परिचारिकाका रूपमा कार्यरत एक ३६ वर्षीया महिलाले आफ्नो कुमारित्व लिलाम गरेकी छिन् । जर्मनीकी म्यान्डीले सिन्ड्रेला एस्कोर्टमार्फत् आफ्नो कुमारित्व ३ करोड २० लाख रुपैयाँमा बिक्री गर्न सफलता पाएकी हुन् । म्युनिखका एक व्यापारीले खरिद गरेको जनाएपनि ति ब्यापारीको नाम भने सार्वजनिक गरिएको छैन । गायनमा पनि रुचि भएकी म्याण्डीले उचित पुरुष पाए आफ्नो कुमारित्व बिक्री गर्ने सोच रहेको बताएकी थिइन् । महिलाले आफ्नो कुमारित्व एक पटक मात्र भंग गर्न पाउने हुनाले आफूले केही रकमका लागि त्यसको सदुपयोग गरेको उनले बताइन् । थप पढ्नुहोस्

अभिनेता जेबी सिंहले एक महिनामा १८ किलो तौल घटाए

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा एउटा टिभी शो मा काम गर्ने मौका पाएका जेबी सिंहले एक महीनामा १८ किजी तौल घटाएका छन् । स्टार इंडिया शोको एक एपिसोडको लागि, जेबीले आफ्नो शरिरमा शुर्ट नमिलेपछि यसको लागि आफ्नो शरीर फिट गर्न तौल घटाएका हुन्। जेबीले भने, म सधैँ पूर्णता र पूर्ण जिम्मेवारी दिने मेरो विश्वासमा विश्वास गर्छु, म व्यायाम र खानेकुराको कडा नियम पालन गर्दछु, म ९८ किलोको थिए अहिले ८० किजीसम्म पुगें । थप पढ्नुहोस्

जिन्समाथि उत्तर कोरियामा प्रतिबन्ध !

काठमाडौं । अहिलेको युवा पुस्ताको रोजाइको पहिरन हो– नीलो जिन्स । संसारभर लोकप्रिय यही नीलो जिन्समाथि उत्तर कोरियामा भने प्रतिबन्ध छ । त्यहाँ कुनै व्यक्तिले नीलो जिन्स लगाए कठोर श्रम गर्नुपर्ने श्रम शिविरको सजाय भोग्नु पर्ने हुनसक्छ । उत्तर कोरियामा नीलो जिन्समा मात्र प्रतिबन्ध लगाइएको छ । त्यहाँ अन्य रंगका जिन्स भने लगाउन पाइन्छ । हाम्रो नजरमा जापान संसारकै सबैभन्दा विकसित र सम्पन्न देश हो । त्यहाँको समाज विकासको अनुपातमा त्यतिकै खुला र उदार हुनुपर्ने हो तर अचम्म लाग्न सक्छ सन् २०१५ अघि जापानमा आधी रातपछि सार्वजनिक ठाउँमा नाच्न पाइँदैनथ्यो । थप पढ्नुहोस्

विवाह अघि महिला गर्भवती भए चरित्रहीन ! पुरुष ?

बीबीसी । गत मे सात तारिखमा सोनम कपुरको निकै तामझामसहित भएको विवाहको चर्चा सेलाउन नपाउँदै त्यसको दुई दिनपछि जब नेहा धुपियाले इन्स्टाग्राममा अंगद बेदीसँग विवाहको तस्बिर सेयर गरिन् तब धेरैले सुरुमा त यसलाई विश्वास नै गरेनन् । । सेलिब्रिटीको विवाह र त्यो पनि यति शान्त र सरल तरिकाले ? सोनम कपुरको ‘बिग फ्याट वेडिङ’ को तुलनामा मे १० सन् २०१८ मा भएको नेहा र अंगदको विवाह निकै शान्त माहौलमा भयो । अब २५ अगस्टमा नेहाले इन्स्टाग्राममा आफू गर्भवती भएको तस्बिर सेयर गरेर पुनः एकपटक सबैलाई जिल ख्वाइन् । थप पढ्नुहोस्

अनन्तराम केसीले लामो समय बोलेर बनाए विश्व कीर्तिमान

काठमाडौं । नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गरेका छन् । भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिनुभएका उनले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गरेका हुन् । केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेको विश्व कीर्तिमानलाई समेत तोडेका छन् । न्यू माइन्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इष्टपोल स्कूलमा वक्तव्य दिएका थिए । थप पढ्नुहोस्
1 2 3 8